उदयपुरमा ब्याक गर्नेक्रममा अटोले ठक्कर दिँदा ७६ वर्षीया वृद्धाको ज्यान गयो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ असार, २०८३
४ महिनाअघि

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारमा अटोको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।

मुर्कुची बजारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ह ०५४८ नम्बरको अटोले पैदलयात्री स्थानीय ७६ वर्षीया फुलमाया तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

Advertisement

शनिबार बिहान ८ः३० बजे भएको उक्त दुर्घटनामा उनको टाउको र कम्मरमा चोट लागेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई सिटी अस्पताल गाईघाट लगिएको थियो। उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो।

उपचारकै क्रममा शनिबार साँझ ६ः१५ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी सहायक निरीक्षक दुखी मालीको नेतृत्वमा खटिएको टोलीले अटो चालक रौतामाई गाउँपालिका–७ का २० वर्षीय गौरवबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। अटोसमेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार चालकले लापरबाहीपूर्वक ब्याक गर्ने क्रममा पैदलयात्रीलाई अटोले ठक्कर दिएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
२ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
६ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०