पशुपतिमा आरती : तीन करोडको अक्षयकोषमाथि उठ्यो पारदर्शिताको प्रश्न

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ असार, २०८३
३ हप्ताअघि

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथको नाममा बागमती किनारमा विगत १९ वर्षदेखि सञ्चालन हुँदै आएको सन्ध्या आरतीको आर्थिक पारदर्शिता र कानुनी वैधतामाथि प्रश्न उठेको छ ।

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेका भवन र संरचना प्रयोग गर्दै आएको ‘श्री पशुपतिनाथ एवं बागमती गङ्गा सन्ध्या आरती समिति’ ले हालसम्म कोषसँग कुनै औपचारिक सम्झौता नगरेको तथ्य सार्वजनिक भएको हो ।

Advertisement

२०६४ साउन २१ गतेदेखि मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा दैनिक सन्ध्या आरती सञ्चालन गर्दै आएको समितिले कोषकै भवनमा कार्यालय र सामग्री भण्डारणको व्यवस्था गर्दै आएको छ ।

तर, दुई पक्षबीच कुनै सम्झौता नभएको र कोषलाई कुनै शुल्कसमेत नबुझाइएको पाइएको छ। अर्कोतर्फ, आर्थिक वर्ष २०८०/८१ देखि बुढासुब्बा डिजिटल प्रालिले भने बोलपत्रमार्फत अनुमति लिएर मन्दिरको उत्तरपश्चिम क्षेत्रमा आरती सञ्चालन गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरेको छ। मन्त्रालयका उपसचिव (कानुन) नवराज आचार्यका अनुसार पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेका भवन, संरचना र स्थानहरू बोलपत्रमार्फत सम्झौता गरेर मात्रै प्रयोग गर्न दिनुपर्ने निष्कर्ष निकालिएको छ।

उनका अनुसार आरती सञ्चालन गर्दै आएको समितिले कोषलाई कुनै शुल्क नतिरेको पाइएको र त्यसैका आधारमा प्रतिवेदन तयार गरी बुझाइए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। उनले कोषले यस विषयमा शीघ्र निर्णय लिनुपर्ने बताएका छन् ।

समितिका सचिव दुर्गाप्रसाद खतिवडाले भारतका ऋषिकेश, हरिद्वार र बनारसको गङ्गा आरतीबाट प्रेरित भएर पशुपतिमा सन्ध्या आरती सुरु गरिएको बताएका छन् । उनका अनुसार दैनिक आरतीमा महासङ्कल्प, पञ्चोपचार पूजा, पशुपतिनाथ आरती, ताण्डव स्तोत्र, शिव पञ्चाक्षर स्तोत्र, रुद्राष्टकम् तथा नाम सङ्कीर्तन गरिन्छ ।

आरती सञ्चालनका लागि तीन जना पण्डित, दुई जना सहयोगी, दुई जना सरसफाइ कर्मचारी, तीन जना सङ्गीतकार र एक जना प्राविधिक खटिएको उनले जानकारी दिए ।

सङ्कल्प पूजाका लागि भक्तजनबाट एक हजार पाँच सयदेखि पाँच हजार एक सय रुपैयाँसम्म लिने व्यवस्था रहेको उनको भनाइ छ ।

संस्थापक उपाध्यक्ष डा. वासुदेवकृष्ण शास्त्रीले पनि १९ वर्षसम्म कोषसँग कुनै औपचारिक सम्झौता नभएको स्वीकार गर्दै वार्षिक खर्च विवरण भने कोषलाई उपलब्ध गराउने गरिएको दाबी गरे ।

समितिका अध्यक्ष जनार्दन अधिकारीका अनुसार भक्तजनबाट प्राप्त स्वैच्छिक दान र सहयोगबाट बचत भएको रकमबाट करिब तीन करोड रुपैयाँको अक्षयकोष निर्माण गरिएको छ ।

उक्त रकम कसरी सञ्चालन भइरहेको छ र त्यसको लेखापरीक्षण तथा पारदर्शिता कस्तो छ भन्ने विषयमा भने प्रश्न उठ्न थालेको छ ।

यता, बोलपत्र प्रक्रियामार्फत आरती सञ्चालनको जिम्मेवारी पाएको बुढासुब्बा डिजिटल प्रालिले भने २०८०/८१ देखि मासिक दुई लाख रुपैयाँभन्दा बढी रकम कोषलाई बुझाउँदै आएको जनाएको छ । कम्पनीकी कर्मचारी सरस्वती गिरीका अनुसार सम्झौताअनुसार शुल्क तिरेर आरती सञ्चालन भइरहेको छ ।

भगवान् पशुपतिनाथप्रतिको आस्था र बागमती आरतीप्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेका बेला १९ वर्षदेखि सम्झौताबिनै सञ्चालन हुँदै आएको संस्थाको आर्थिक कारोबार, तीन करोड रुपैयाँको अक्षयकोष र सार्वजनिक सम्पत्तिको उपयोगबारे पारदर्शिता कायम गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । धार्मिक भावनासँगै सुशासन र जवाफदेहिताको प्रश्न अहिले पशुपति क्षेत्रमा बहसको विषय बनेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बुधबार २४ असार, २०८३
उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०