डान्सिङ स्टारको रोमाञ्चक प्रतिस्पर्धासँगै इडेनबर्ग कलेजको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

नगेन्द्र खड्का
शनिवार ३० जेठ, २०८३
३ महिनाअघि

विराटनगर । विराटनगरस्थित इडेनबर्ग कलेजले स्नातक तहका विद्यार्थीहरूको स्वागत तथा बिदाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा शैक्षिक उपलब्धि, प्रतिभा प्रदर्शन र प्रेरणादायी सन्देशहरू आदानप्रदान गरिएको थियो।
कलेजले नयाँ विद्यार्थीलाई कलेज जीवनमा स्वागत गर्दै स्नातक अध्ययन पूरा गर्न लागेका विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ गरेको थियो।


कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा. डा. गोविन्द गुरागाईंले उच्च शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यम नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व सिक्ने अवसर भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक युगमा ज्ञान, सीप र अनुशासनलाई समान रूपमा महत्व दिन आग्रह गरे।
विशिष्ट अतिथि पूर्वाञ्चल विश्वविद्यालय एमफिल–पिएचडी निर्देशक प्रा. डा. जीवन ढकालले विद्यार्थीहरूलाई अध्ययनसँगै अनुसन्धान र सिर्जनात्मक सोचको विकास गर्न सुझाव दिनुभयो। कार्यक्रममा कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाल र ग्रीनल्याण्ड कलेजका प्रिन्सिपल दिनेश दाहालको समेत उपस्थिति रहेको थियो।

कलेज प्रमुख दीपेन्द्र साहले इडेनबर्ग कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको बताए। उहाँले शैक्षिक उत्कृष्टतासँगै व्यवहारिक ज्ञान, नेतृत्व विकास र आत्मनिर्भरतालाई कलेजले विशेष महत्व दिएको उल्लेख गरे।


बिदाइ हुने विद्यार्थीहरूको तर्फबाट मन्तव्य राख्दै आभास कोइरालाले आफ्नो कलेज जीवनको अनुभव साझा गरे। उनले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई परिवारको भरमा मात्र नपरी आफ्नै मेहनतबाट कमाउँदै पढ्न सुझाव दिए। यसले शैक्षिक योग्यतासँगै आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘डान्सिङ स्टार २०८३’ को टप–७ फाइनल प्रतिस्पर्धा आयोजना गरिएको थियो। प्रतिस्पर्धामा सहभागी प्रतिभाहरूबीच रोचक प्रस्तुति भएको थियो।
प्रतियोगितामा बिनुसा मगर विजेता घोषित भइ नगद ७ हजार १०० रुपैयाँ, ट्रफी तथा ५ लाख रुपैयाँ बराबरको हिमालयन इन्स्योरेन्स सुरक्षा सुविधा प्राप्त गर्न सफल भइन्। पुष्पा चौधरी प्रथम रनरअप घोषित भइ नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरिन् भने दीपिका गिरी दोस्रो रनरअप घोषित भइ नगद ३ हजार १०० रुपैयाँ तथा २ लाख रुपैयाँ बराबरको हिमालयन इन्स्योरेन्स सुविधा प्राप्त गरिन्। इशिका राजवंशी ले मल्टिमिडिया अवार्ड प्राप्त गर्दै नगद २ हजार १०० रुपैयाँ र ट्रफी हासिल गरिन्।

  
त्यसैगरी कलेजले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान समेत गरेको थियो। कृष्ण देवान स्मृति पुरस्कार अन्तर्गत बीबीएस प्रथम वर्षमा उत्कृष्ट नतिजा ल्याउने छात्रा चिना राय तथा गरिब तथा जेहेन्दार छात्रा मेनुका मण्डललाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नृत्य, मनोरञ्जनात्मक गतिविधि तथा विद्यार्थी प्रतिभा प्रदर्शनका विविध कार्यक्रमहरू समावेश गरिएको थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै कलेजप्रतिको अपनत्व अझ बढाएको आयोजकले जनाएको छ।

हाल कलेजमा व्यवस्थापन संकायतर्फ ९८० र शिक्षा संकायतर्फ ३८० गरी कुल १ हजार ३६० विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रकाशित समय: शनिवार ३० जेठ, २०८३, १७:०५:१९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०