महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ जेठ, २०८३
४ महिनाअघि

सुनवर्षी । ‘लैंगिक समानता र सामाजिक समावेशीकरण’को उद्देश्यका साथ सुनवर्षी नगरपालिका वडा नं. ८ मा महिलाका लागि उद्घोषण तालिम–२०८३ सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजनामा तथा शब्दाक्षर मिडिया प्रा.लि. को सहकार्यमा हरिष चन्द्रगढी आधारभूत विद्यालय, सुनवर्षी–८ मा एकदिने तालिम सम्पन्न भएको हो ।

Advertisement

महिलाहरूलाई सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्न सक्ने, महिला हिंसा तथा महिला अधिकारका विषयमा आफ्ना धारणा प्रभावकारी रूपमा व्यक्त गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

वडाअध्यक्ष अनवार मियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुस्लिम समुदायका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ५० जना महिला प्रशिक्षार्थीको सहभागितामा भएको कार्यक्रम महिलाहरूलाई सामाजिक, शैक्षिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यले आयोजना भएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मियाँले महिलाहरूलाई सामाजिक, शैक्षिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले महिला अधिकार, लैंगिक समानता तथा हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन महिलाहरू स्वयं बोल्न सक्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

तालिममा वडा सचिव कैशर आजमी, वडा सदस्य पर्वतलाल सिंह गन्गाई, महिला वडा सदस्य सुफिया नाज, हरिषचन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक मोहम्मद जमाल उद्दिन तथा सशस्त्र प्रहरी बल नेपाल सिक्टी बीओपीका इन्चार्ज इन्स्पेक्टर विनोद थापा लगायतको उपस्थिति रहेको थियो । उनीहरूले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा सदस्य सुफिया नाजले महिला अधिकार, लैंगिक समानता तथा हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन महिलाहरू स्वयं बोल्न सक्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्ने उल्लेख गरिन् ।

तालिममा वडा सचिव कैशर आजमी, वडा सदस्य पर्वतलाल सिंह गन्गाई, हरिषचन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक मोहम्मद जमाल उद्दिन तथा सशस्त्र प्रहरी बल नेपाल सिक्टी बीओपीका इन्चार्ज इन्स्पेक्टर विनोद थापालगायतको उपस्थिति रहेको थियो ।

तालिममा शब्दाक्षर मिडिया प्रालिका सम्पादक माधव काफ्लेले उद्घोषण कला, सार्वजनिक बोलाइ, आत्मविश्वास विकास, महिला अधिकार तथा लैंगिक समानतासम्बन्धी विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी स्थानीय सञ्चारकर्मी तथा आवर प्रदेश डट कमका सञ्चालक पारस मण्डलले समेत सहजीकरण गरेका थिए ।

सहभागी महिलाहरूले तालिमले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास बढाएको, कार्यक्रम सञ्चालनसम्बन्धी ज्ञान तथा सीप हासिल भएको र महिला अधिकार तथा हिंसाविरुद्ध आवाज उठाउन थप प्रेरणा प्राप्त भएको बताएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०