अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ जेठ, २०८३
४ महिनाअघि

विराटनगर । कोशी प्रदेशको विराट मेडिकल कलेज र मनमोहन प्राविधिक विश्वविद्यालय विच सहकार्यका गर्ने भएका छन ।

मोरङको बुढीगंगा गाउँपालिका- २ टंकी स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल (बीएमसीटीएच) र बुढीगंगा- ४ हात्तीमुढामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शिक्षा, अनुसन्धान, तालिम तथा व्यावसायिक विकासका अवसरहरू विस्तार गर्ने उद्देश्यले सहकार्य गर्ने भएका हुन ।

Advertisement

बुधबार सहकार्य सम्झौताका लागि विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा.किशोर अधिकार तथा विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की नेतृत्वको टोलीले शैक्षिक अध्यन र व्यवहारिक अभ्यासका लागि सहकार्य गर्न समझदारी (एमओयू)गरेका छन ।

एमटीयू र विएसीटीएच विच भएको सम्झौताअनुसार विद्यार्थी, प्राध्यापक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्तिका लागि शैक्षिक आदानप्रदान गरिनेछन । यसैगरि व्यवहारिक सिकाइ, संयुक्त अनुसन्धान, तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछन ।

प्राविधिक विश्वविद्यालय र शिक्षण अस्पतालबीचको यो सहकार्यले शैक्षिक अध्ययन र व्यवहारिक अभ्यासबीचको दूरी घटाउँदै विद्यार्थीहरूलाई वास्तविक कार्यक्षेत्रसँग जोड्ने अवसर प्रदान गर्ने दुबै संस्थाले आपेक्षा लिएका छन । साथै स्वास्थ्य क्षेत्रका चुनौतीहरूको समाधान गर्दै संयुक्त अनुसन्धान तथा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालनका लागि समेत मार्ग प्रशस्त हुनेछ ।

स्वास्थ्य विज्ञान शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा भएको यो सहकार्यबाट दुवै संस्थाले गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा स्वास्थ्य सेवाको उन्नयनका लागि आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

दुवै संस्थाबीच भएको सहकार्यले स्वास्थ्य विज्ञान शिक्षामा शैक्षिक–औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र जनशक्ति विकासमा सहयोग पुग्ने एमटीयूका रजिष्टार डा किशोर अधिकारीले बताए ।

दुवै संस्थाको संस्थागत विकाससँगै गुणस्तरीय स्वास्थ्य सेवा र प्राविधिक शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा लिएको विएसीटीएचका कार्यकारी निर्देशक डेनिस कार्कीले बताए ।

नीजि क्षेत्रबाट सञ्चालित विराट शिक्षण अस्पतालले कोशी प्रदेशमै सबैभन्दा उत्कृष्ट स्वास्थ्य उपचार सेवा र स्वास्थ्य शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

साथै कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पनि ईन्जिनियरिङग , कानुन सहित फार्मेसी र अस्पताल व्यवस्थापनमा स्नातक र स्नातोकोत्तर तहको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
१७ घण्टाअघि

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
१८ घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
१९ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
२० घण्टाअघि

चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

आईतबार ११ असोज, २०८३
२१ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
२१ घण्टाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०