५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण, दुहबीमा कृषकलाई यान्त्रिकीकरणतर्फ प्रोत्साहन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० जेठ, २०८३
३ हप्ताअघि

सुनसरी । कृषकको उत्पादन लागत घटाउँदै कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यसहित दुहबी नगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेको छ।
नगरपालिकाको आर्थिक सहयोग तथा उन्नत कृषि सहकारी संस्था दुहबी–१० को आयोजनामा सम्पन्न कार्यक्रममा कृषकहरूलाई कृषि यान्त्रिकीकरण तथा प्राङ्गारिक खेती प्रवर्द्धनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रमअन्तर्गत धान, गहुँ, मकै तथा मसला कुटानी–पिसानीमा प्रयोग हुने करिब ५० हजार रुपैयाँ मूल्यका दुई वटा कम्बाइन मिल वितरण गरिएको छ। साथै कृषकहरूलाई २० एचपी क्षमताका तीन वटा पावर टिलर, छ वटा समरसीयल पम्प, १५ वटा स्प्रे मेसिन, सिँचाइका लागि १७५ केजी डेलिभरी पाइप, दुई हजार केजी प्राङ्गारिक मल, कालो लुनिया जातको रैथाने धानको बीउ, एक जनालाई बोरिङ तथा २० वटा त्रिपाल वितरण गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले किसानहरू नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए। आफू पनि किसान परिवारबाट आएको उल्लेख गर्दै उनले किसानका समस्या, आवश्यकता र चुनौतीबारे नजिकबाट बुझेको बताए।
“किसानको जीवनस्तर सुधार नगरी समृद्ध नगर निर्माण सम्भव छैन। त्यसैले कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र किसानको आय वृद्धि हुने कार्यक्रमलाई नगरपालिकाले निरन्तर प्राथमिकता दिँदै आएको छ,” नगर प्रमुख गच्छदारले भने।
उनका अनुसार नगरपालिकाले करिब ८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने कृषकहरूको समान लगानीसहित कुल १६ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरिएको हो।
नेपालको कुल अर्थतन्त्रमा कृषि क्षेत्रको करिब ३० प्रतिशत योगदान रहेको उल्लेख गर्दै गच्छदारले दुहबीलाई क्रमशः विषादीरहित तथा प्राङ्गारिक खेतीको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले सुनसरी जिल्लामै रैथाने धान खेतीको अभियान आफूले सुरुआत गरेको दाबी गर्दै स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनमा जोड दिए।
नगर प्रमुख गच्छदारले प्रदेश सरकारसँगको सहकार्यमा करिब ५६ करोड रुपैयाँ लागतको एग्रो–प्रोसेसिङ उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि दिए। उक्त उद्योगमार्फत कृषि उत्पादनको प्रशोधन, भण्डारण तथा मूल्य अभिवृद्धि गरी किसानलाई उत्पादनको उचित बजार सुनिश्चित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा उपप्रमुख मेनुका पोखरेल खतिवडा, विजयकुमार चौधरी, उन्नत कृषि सहकारी संस्थाका अध्यक्ष लद्दुराम माझी, उपाध्यक्ष अनिल विश्वास, कृषि शाखा प्रमुख अजय गौतम तथा विभिन्न कृषि समूह, सहकारी संस्था र सिँचाइ आयोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहभागी कृषकहरूले यस्ता अनुदानमूलक कार्यक्रमले कृषि उत्पादन वृद्धि, श्रम लागत न्यूनीकरण तथा आधुनिक कृषि प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कृषकहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै बढीभन्दा बढी किसानलाई लाभान्वित गराउन नगरपालिकासँग आग्रहसमेत गरेका छन्।
दुहबी नगरपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ। कृषि यान्त्रिकीकरणसँगै प्राङ्गारिक खेतीको प्रवर्द्धनले स्थानीय उत्पादन वृद्धि र किसानको आयस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Advertisement
प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०