प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १८ जेठ, २०८३
३ महिनाअघि

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्तिपछि त्यसको प्रभाव सीमा क्षेत्रमा देखिन थालेको छ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार एसएसबीको टोली नेपाली भूमिमा प्रवेश गरी सुस्ता गाउँपालिका–५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिन पुगेको थियो। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले निर्माणस्थलमा भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएको स्थानीयबाट जानकारी पाएको बताए । उनका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिइसकेको छ ।

भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा निकै भित्र नेपालकै भूभागमा तटबन्ध निर्माण भइरहेको उनले स्पष्ट पारे। निर्माणाधीन तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ नेपालकै भूभागमा नयाँ ठेक्काअन्तर्गत बाँध निर्माण गरिएको छ।

गृह मन्त्रालयका अनुसार सुस्ता–५ स्थित नारायणी नदीको झोलुङ्गे पुल नजिक सिँचाइ विभागको परियोजनाअन्तर्गत करिब एक किलोमिटर तथा थप १३२ मिटर तटबन्ध निर्माण भइरहेको छ। यसको मुख्य उद्देश्य नदी कटान तथा बाढीजन्य जोखिमबाट सुस्ता क्षेत्रलाई जोगाउनु रहेको छ।

सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादको केन्द्र बन्दै आएको छ। स्थानीयका अनुसार २०३० सालअघि करिब ७५ हजार हेक्टर क्षेत्रफल रहेको सुस्ता अहिले झन्डै ७ हजार हेक्टरमा सीमित भएको छ।

उत्तर र पश्चिमतर्फ नारायणी नदी तथा दक्षिण र पूर्वतर्फ भारतको बिहार राज्यले घेरेको यो क्षेत्र नदीको बहाव परिवर्तनसँगै विवादित बन्दै गएको छ।

 

प्रकाशित समय: सोमबार १८ जेठ, २०८३, १२:३५:०३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०