विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ६ जेठ, २०८३
४ महिनाअघि

विराटनगर । बेलायतको ‘मास्टरशेफः द प्रोफेशनल्स’बाट अन्तर्राष्ट्रिय पहिचान बनाएका सन्तोष शाहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई विराटनगरमा समेत विस्तार गरेका छन् । विराटनगर विमानस्थलबाट करिब डेढ किलोमिटर दूरीमा, कोशी हाइवे क्षेत्रमा रहेको डीडीसी दुधफार्म अगाडि मिथिला थाली सञ्चालनमा ल्याइएको हो ।

मिथिला संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित एउटै छानामुनि दुवै अवधारणा समेटिएको नयाँ आउटलेट सञ्चालनमा ल्याएको सेफ सन्तोष शाहले बताएका छन् ।

‘मिथिला संस्कृतिको र परिकारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले देशका मुख्य शहरहरुमा मिथिला थाली सञ्चालनमा ल्याएको हो । विराटनगरमा हाम्रो पाँचौँ आउटलेट हो ।’ उनले बताए । ‘बाल्यकालदेखि नै यस संस्कृति र खानपानसँग जोडिएको अनुभवलाई अहिले व्यावसायिक रूपमा विस्तार गरिरहेको छु।’ उनले थपे ।

यस आउटलेटमा प्रारम्भिक चरणमा भित्र र बाहिर गरी करिब १०० जनासम्मको सिटिङ व्यवस्था रहेको छ । विस्तारपछि क्षमता बढाएर करिब २५० जनासम्म पुर्‍याउने योजना रहेको छ । यहाँ सेमिनार, गोष्ठीलगायतका विभिन्न कार्यक्रम गर्नको लागि हलको समेत व्यवस्था गरिएको छ ।

नयाँ आउटलेटमा मिथिला क्षेत्रका परिकारलाई केन्द्रमा राख्दै ‘मिथिला थाली’ मुख्य आकर्षणमा राखिएको छ । यसअन्तर्गत तरुवा, तिलौरी, विरिया, कडिवडि, चोखा, भात, घिउ रोटी, सलादलगायतका परिकार समावेश गरिएको छ ।

त्यसैगरी ‘जनकपुर फिस हाउस’मा माछाका करिब १० प्रकारका परिकार उपलब्ध गरिएको छ । स्पेशल तावा फिस अर्डर गर्दा सानो जनकपुरी मुरी (साँदेको खट्टे) र मुलाको अचारसँगै पस्किने व्यवस्था गरिएको छ ।

तावा फ्राइ ट्राउट, लोकल तावा झिँगे माछा, क्रिस्पी फ्राइ प्राउन, र तावा फिस सेट जस्ता परिकारहरू पनि जनकपुरको परम्परागत स्वाद र शैलीमा तयार पारिनेछन् । साथै जनकपुरे पान, सातु र जनकपुरे लस्सी पनि उपलब्ध छ ।

मिथिला आर्टमा आधारित रहेर यहाँको सजावट गरिएको छ । भित्र प्रवेश गर्ने गेटदेखि भित्ताहरुमा समेत मिथिला चित्रकलाले सजाइएको छ । मिथिला क्षेत्रका कलाकारहरूले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् । र, ग्राहकले ती कला खरिद गरेर कलाकारलाई आर्थिक सहयोग गर्न सक्नेछन् ।

नयाँ आउटलेटले स्थानीय ग्राहकसँगै भारतीय ग्राहकलाई पनि लक्षित गरेर सञ्चालनमा ल्याएको सेफ शाहले बताएका छन् । मूल्य दर सर्वसाधारणले सहज रूपमा उपभोग गर्न सक्ने स्तरमा राखिने बताएका छन् ।

विराटनगरमा पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा तीव्र वृद्धि भइरहेको छ। पाँचतारे होटलदेखि अन्तर्राष्ट्रिय चेनसम्म विस्तार भइरहेका छन् भने केही नयाँ परियोजनाहरू निर्माणाधीन अवस्थामा छन्। यसै परिप्रेक्ष्यमा शहरलाई रेस्टुरेन्ट हबका रूपमा विकास गर्ने सम्भावना देखिएको सेफ शाहको भनाइ छ।

सेफ शाह पछिल्लो समय अमेरिका, युरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया र जापानसम्म नेपाली रैथाने परिकारको पप–अप शो गर्दै आएका छन् । ती कार्यक्रममा उनले विभिन्न समुदायका करिब डेढ दर्जन मौलिक परिकार प्रस्तुत गर्ने गरेका छन्, जसको अन्तर्राष्ट्रिय माग बढ्दो छ ।

स्वदेशमा भने उनले ‘मिथिला थाली’ ब्रान्ड विस्तारमा जोड दिएका छन्। जनकपुरमा सुरु गरिएको ‘मिथिला थाली’ पछि काठमाडौंको झम्सिखेल, नक्सालको गैरीधारा र गौशालामा पनि आउटलेट विस्तार भइसकेका छन्।

प्रकाशित समय: बुधबार ६ जेठ, २०८३, २१:३६:११

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०