काठमाडौं– माइतीघर मण्डलामा सोमबार मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
विभिन्न समूह तथा अभियन्ताहरूले धार्मिक, सांस्कृतिक र स्थानीय अधिकारको संरक्षण गर्नुपर्ने भन्दै परियोजना तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनकारीहरूले मुक्कुमलुङ क्षेत्र ऐतिहासिक तथा आस्थासँग जोडिएको भूमि भएकाले विकास परियोजनाका नाममा गरिने हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।