विराटनगर । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य चार वटा निर्णयहरू सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाका अनुसार सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने, विद्युतीय सुशासन सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्नेलगायत निर्णय गरेको छ ।
त्यसैगरी सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनय गर्ने निर्णयसमेत गरेको उनले बताए।बैठकले भूमि सम्बन्धी २१ औँ संशोधन नियम २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।