विराटनगर । महेन्द्र राजमार्गको चिसापानी-अत्तरिया- सडक खण्डमा भएको अतिक्रमण हटाउन १५ दिने अन्तिम चेतावनी दिइएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले बुधबार एक सूचना प्रकाशित गर्दै सडक सीमाभित्र रहेका अवैध संरचनाहरू हटाउन निर्देशन दिएको छ ।
डिभिजनका अनुसार राजमार्गको केन्द्रबिन्दुबाट दायाँ र बायाँ २५–२५ मिटर सडक सीमा कायम गरिएको छ ।
उक्त क्षेत्रभित्र सडक विभागको स्वीकृति बिना बनाइएका स्थायी वा अस्थायी घर, टहरा, पसल र अन्य संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा हटाउन भनिएको छ ।
