सहकारीको ऋण लिएर नतिर्नेलाई कारवाही गर्न सर्वोच्चको परमादेश

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ ब‌ैशाख, २०८३
३ महिनाअघि

सर्वोच्च अदालतले वित्तीय प्रणालीप्रति गुनासो वा असन्तुष्टि भए पनि कानुनी प्रक्रियाभित्र रहेर मात्रै राज्यसमक्ष राख्नुपर्ने स्पष्ट पारेको छ।

अदालतले विद्यमान वित्तीय प्रणालीविरुद्ध संगठित रूपमा आक्रमण गर्ने, अवाञ्छित अवरोध सिर्जना गर्ने तथा गैरकानुनी गतिविधि सञ्चालन गर्ने कार्यलाई कानुनसम्मत मान्न नसकिने उल्लेख गरेको छ।

फैसलामा भनिएको छ, “प्रणालीप्रतिको गुनासो, चासो र सरोकारलाई विधिसम्मत रूपमा राज्यसमक्ष राख्न सकिन्छ, तर वित्तीय संस्थामाथि संगठित आक्रमण र अवरोध सिर्जना गर्ने गतिविधि स्वीकार्य हुँदैन।”

अदालतले वित्तीय संस्थाविरुद्ध हुने गैरकानुनी गतिविधिप्रति राज्यका निकाय अझ संवेदनशील हुनुपर्ने र चुस्त सुरक्षा व्यवस्था कायम गर्नु सरकारको दायित्व रहेको पनि उल्लेख गरेको छ।

त्यस्तै सुरक्षा निकायको भूमिका प्रभावकारी नभएको संकेत गर्दै अदालतले नेपाल राष्ट्र बैंकको अध्ययनलाई उद्धृत गरेको छ। अध्ययनअनुसार लघुवित्त वित्तीय संस्थामाथि आन्तरिक तथा बाह्य जोखिम बढ्दै गएको देखिएको सर्वोच्चको टिप्पणी छ।

अदालतले यस्ता जोखिम नियन्त्रण तथा गैरकानुनी गतिविधि रोक्न राज्यका निकायबाट पर्याप्त र प्रभावकारी कारबाही हुन नसकेको निष्कर्षसमेत निकालेको छ।

प्रकाशित समय: सोमबार २८ ब‌ैशाख, २०८३, १३:३०:२१
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०