कोशीमा २६ सयभन्दा बढी एचआईभी संक्रमित उपचारको पहुँचमा, सचेतना अझै चुनौती

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ ब‌ैशाख, २०८३
५ महिनाअघि

विराटनगर । कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन्।

एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालसँगको समन्वयमा प्रदेशका ११ वटा केन्द्रमार्फत संक्रमितहरूलाई उपचार तथा परामर्श सेवा उपलब्ध गराइँदै आएको हो।

Advertisement

विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा एएचएफ नेपालका मेडिकल एडभाइजर डा. उन्नत श्रेष्ठले देशभर ३० हजारभन्दा बढी एचआईभी संक्रमित रहेको जानकारी दिँदै कोशी प्रदेशमा उपचार पहुँच विस्तार हुँदै गएको बताए।

उनका अनुसार यौनकर्मी, समलिंगी, कैदीबन्दी तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा संक्रमणको दर तुलनात्मक रूपमा बढी देखिएको छ।

“सन् २०३० सम्म एचआईभी एड्सलाई जनस्वास्थ्य समस्याको रूपमा अन्त्य गर्ने लक्ष्य लिइएको छ,” डा. श्रेष्ठले भने, “यसका लागि राज्य, समुदाय र सरोकारवालाको सक्रिय सहकार्य आवश्यक छ।”

स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले संक्रमण नियन्त्रणका लागि समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए।

उनका अनुसार कोशी प्रदेशका संक्रमितमध्ये २५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या अत्यधिक छ। उत्पादक उमेर समूह नै बढी प्रभावित हुनु सामाजिक तथा आर्थिक दृष्टिले समेत चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

प्रदेशका एआरटी केन्द्रहरूले संक्रमितलाई निःशुल्क रूपमा एचआईभी परीक्षण, परामर्श, कन्डम वितरण, एआरटी औषधि, यौन रोगसम्बन्धी सेवा, भाइरल लोड परीक्षण, ईआईडी परीक्षण तथा आमाबाट बच्चामा संक्रमण सर्न नदिने पीएमटीसीटी सेवा उपलब्ध गराउँदै आएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०