‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौं । निर्मला शर्माले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति विश्वस्त हुन नसकिने बताएकी छन्। नेपाल पत्रकार महासंघ द्वारा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।

उनका अनुसार पछिल्लो समय प्रेस स्वतन्त्रतासँग सम्बन्धित घटनाहरू बढ्दै गएका छन्, जसले लोकतान्त्रिक मूल्यप्रति चिन्ता बढाएको छ। “संविधानमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनेमा हामी सशंकित छौं,” उनले उल्लेख गरेकी छन्।

Advertisement

महासंघका अनुसार २०८२ सालमा मात्र १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको ७३ र त्यसअघिको ६२ घटनाको तुलनामा उल्लेखनीय वृद्धि हो। साथै पत्रकार तथा सञ्चार माध्यममाथि आक्रमणका ३०, पेशागत असुरक्षाका १८, कब्जा तथा अवरोधका २६, नीतिगत बन्देजका ३ घटना भएका छन्। यस अवधिमा २ जना पत्रकार पक्राउ परेका छन् भने १ जनाको शंकास्पद मृत्यु भएको उल्लेख गरिएको छ।

जेनजी आन्दोलनका क्रममा सञ्चार माध्यममा करोडौंको क्षति भएको र पाँच जना पत्रकार घाइते भएको भन्दै उनले प्रेस स्वतन्त्रता झन् जटिल बन्दै गएको बताइन्।

शर्माले पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको कमजोर आर्थिक अवस्था, पत्रकारको सुरक्षा चुनौती र बढ्दो मिथ्या सूचनालाई प्रेस स्वतन्त्रताका मुख्य चुनौतीका रूपमा औंल्याएकी छन्। साथै निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन र सूचनामा लगाइएको रोक, पत्रकार पलायन र सञ्चार क्षेत्रको आर्थिक संकट समाधान गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याइन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
११ घण्टाअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
११ घण्टाअघि

संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ

बिहिबार २५ असार, २०८३
१ दिनअघि

राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

बिहिबार २५ असार, २०८३
१ दिनअघि

२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?

बिहिबार २५ असार, २०८३
१ दिनअघि

सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद

बिहिबार २५ असार, २०८३
१ दिनअघि
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०