अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । प्रा.डा. धनेश्वर नेपालले संस्कृत विश्वविद्यालयको उपकुलपति पदबाट राजीनामा दिएका छन्। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश सिफारिस गरेपछि उपकुलपतिहरूको राजीनामा क्रम जारी रहेको छ।

नेपालले शुक्रबार राजीनामा दिएको पुष्टि गर्दै भने, “हिजो राजीनामा दिएको छु, २२ गतेबाट लागू हुनेगरी दिएको हो। बीचमा २ दिन बिदा परेको छ, २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुन्छ।”

Advertisement

उनी २०८१ पुस ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उपकुलपतिमा नियुक्त भएका थिए।

यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले पनि सामूहिक रूपमा राजीनामा दिएका थिए। वैशाख १७ गते उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पद त्याग गरेका हुन्।

राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेकै बेला सरकारले अध्यादेशमार्फत हटाउने तयारी गरेपछि राजीनामा दिने क्रम बढेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसअघि राजनीतिक नियुक्तिहरू हटाउनुपर्ने धारणा सार्वजनिक गरेको थियो।

सरकारले सिफारिस गरेको अध्यादेशबारे रामचन्द्र पौडेलले अध्ययन गरिरहेको बताइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०