घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुमवासी बस्ती खाली गराइएको केही घण्टापछि नजिकैको बागमती खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान घर भत्किएको देख्न नसक्ने भन्दै घरबाट निस्किएका ती व्यक्ति दिउँसो मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन्।

मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राई ले पुष्टि गरिन्। “बिहान घर भत्किएपछि ‘हेर्न सक्दिनँ’ भन्दै एक्लै निस्किनुभएको थियो,” उनले भनिन्, “पछि यस्तो अवस्थामा भेटिनुभयो।”

Advertisement

घटनास्थलमा अहिले मृतककी पत्नी र छोरा उपस्थित छन्। स्थानीयका अनुसार राईको परिवार बल्खु क्षेत्रको सुकुमवासी बस्तीमा करिब १६–१७ वर्षदेखि बसोबास गर्दै आएको थियो। उनी बल्खुस्थित सब्जी मण्डीमा श्रमिकका रूपमा काम गर्दै आएका थिए।

यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौं ले मृतकको पहिचान र मृत्युको कारणबारे औपचारिक पुष्टि गरेको छैन। प्रहरीका अनुसार परिवारसँग सम्पर्क गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्थानीयले भने बस्ती हटाउने क्रममा उत्पन्न तनाव र मानसिक अवस्थासँग घटना जोडिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०