‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा देखिएको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन स्थापना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।

आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार सुशासनका मामिलामा ‘निर्मम’ रूपमा अघि बढ्ने स्पष्ट पारे। उनका अनुसार सुशासनलाई म्याक्रो र माइक्रो दुई तहमा विभाजन गरेर सुधारका काम अघि बढाइएको छ।

म्याक्रो तहमा नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्दै अर्थतन्त्रलाई ‘क्लेप्टोक्रेसी’ र ‘लुटतन्त्र’ बाट बाहिर ल्याउने लक्ष्य रहेको उनले बताए। “हामीले सुशासनलाई म्याक्रो र माइक्रो दुवै तहमा हेरेका छौं, र अहिले सुधारको मोडमा छौं,” उनले भने।

माइक्रो तहमा भने सेवा प्रवाह सुधार गर्ने, सरकारी कार्यालयमा लाइन बस्न नपर्ने, घुस दिनु नपर्ने र डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न सरकार लागेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले अपराध नियन्त्रणका सन्दर्भमा निजी क्षेत्रलाई पनि सन्देश दिँदै इमान्दार व्यवसायीलाई नआत्तिन आग्रह गरे। “गल्ती नगर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरूलाई कुनै डर हुनुपर्दैन,” उनले भने, “तर उद्यमीको आवरणमा अपराध गर्नेहरूले उन्मुक्ति पाउने छैनन्।”

उनले निजी क्षेत्रलाई ७० खर्बभन्दा ठूलो अर्थतन्त्रको संवाहक र ७ प्रतिशत आर्थिक वृद्धिको मुख्य सारथीको रूपमा चित्रण गरे।

प्रकाशित समय: शुक्रबार १८ ब‌ैशाख, २०८३, १३:००:२२
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०