सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं। सहकारी ठगीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही कडा बनाउँदै सरकारले सम्बन्धविच्छेद भइसकेका वा अंशबन्डा गरिसकेका व्यक्तिलाई समेत ‘परिवार’को दायरामा राख्ने व्यवस्था गरेको छ। सहकारी ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत यस्तो प्रावधान लागू गरिएको हो।

संशोधित व्यवस्थाअनुसार अब समस्याग्रस्त सहकारीका सदस्यका हकमा परिवारको परिभाषा फराकिलो बनाइएको छ। अंशबन्डा गरी अलग बसेका, मानो छुट्टिएका वा सम्बन्धविच्छेद भइसकेका सदस्यहरू पनि परिवारभित्रै पर्ने भएकाले उनीहरूको सम्पत्तिसमेत जफत गर्न सकिने कानुनी आधार तयार भएको छ।

Advertisement

सहकारी ऐन, २०७४ को दफा ८८ अनुसार लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहने वा ऐन तथा नियमावलीविपरीत कार्य गर्ने सदस्यहरूलाई कारबाहीको दायरामा ल्याइनेछ। त्यस्तै, दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका वा लिक्विडेसन/खारेजीमा गएका सहकारी संस्थाका सदस्यहरूका सम्बन्धमा पनि विस्तारित परिवार अवधारणा लागू हुने व्यवस्था गरिएको छ।

अध्यादेशले ‘नातेदार’को परिभाषा पनि विस्तार गर्दै काका–काकी, भतिजा–भतिजी, नाति–नातिनी, मामा–माइजु, ज्वाईं, भान्जा–भान्जी, साला–साली, जेठान–जेठानी, फुपू–फुपाजु, सासु–ससुरा लगायतका नातेदारलाई समेटेको छ। साथै, सम्बन्धित सहकारी संस्थामा कार्यरत कर्मचारीलाई समेत सो परिभाषाभित्र राखिएको छ।

सरकारको यो कदमले सहकारी ठगी नियन्त्रण, रकम असुली तथा पीडितको संरक्षणमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०