उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं। नेपाल पत्रकार महासंघ (एफएनजे) ले पत्रकारहरूमाथि भएको धम्की र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खननसम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाको निन्दा गरेको हो।

विज्ञप्तिअनुसार उक्त घटनामा पत्रकारहरू डुमरलाल मेहता, मोहन ढकाल, सन्तोष मेहता, नगेद्र खड्का, प्रवेश तिम्सिना, ब्रह्मदेव महतो र दीपेन्द्रकुमार साहमाथि धम्की दिइएको उल्लेख छ। साथै, ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको संलग्नतामा पत्रकारलाई धम्क्याइएको भन्दै महासंघ मोरङ शाखाले जानकारी गराएको पनि विज्ञप्तिमा जनाइएको छ।

Advertisement

महासंघले सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सूचित गर्ने आफ्नो कर्तव्य निर्वाह गरिरहेका पत्रकारमाथि यस्तो व्यवहार हुनु अत्यन्त निन्दनीय भएको बताएको छ। यस्तो कार्य प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग पहल गर्न र पत्रकारलाई सुरक्षित तथा निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न महासंघले आग्रह गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०