ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ ब‌ैशाख, २०८३
७ महिनाअघि

विराटनगर । जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको धम्की दिएको घटनाविरुद्ध प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय, मोरङमा ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको सुरक्षाका विषयमा गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेको हो ।

Advertisement

समाचारलाई लिएर असन्तुष्टि भएमा सरोकारवाला निकायसम्म पुग्न सकिने बाटो हुँदाहुँदै पनि पत्रकारमाथि भौतिक आक्रमणमा उत्रिने मनसायका साथ धाकधम्की दिइएको घटनामा छानबिन गर्न माग राख्दै पत्रकारहरूले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

साथै, पत्रकारहरूले स्थानीय सरकार प्रमुखका रूपमा रहेका ग्रामथान गाउँपालिका प्रमुख नमोनारायण माझीकै सामुन्नेमा यस्तो घटना हुँदा पनि उनले मौनता साँधेको विषय शंकास्पद भएको बताउँदै छानबिन गर्न पनि प्रजिअ कट्टेललाई आग्रह गरेका छन् ।

‘अध्यक्षकै सामुन्नेमा उत्खननकर्ताहरुले हामीहरूलाई धम्क्याउँदा माझीले परिस्थिति सुल्झाउनुको सट्टा उल्टै जेनजी विद्रोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त कुटाइ खाएको उदाहरण दिँदै जानकारी नै नगराई पत्रकारहरू आउँदा यस्तै हुन्छ भन्ने अभिव्यक्ति दिएको र अब दोहोर्‍याएर ग्रामथानको रिपोर्टिङ नगर्नसमेत चेतावनी दिनुभएको थियो,’ पत्रकारले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

साथै, अध्यक्ष माझीले आफ्नै ‘अरौटे भरौटे’ ल्याएर धम्की दिएको जनाउँदै यसले उनकै मिलेमतोमा प्राकृतिक स्रोतसाधनको चरम दोहन हुनेगरेको आशंकालाई पनि पुष्टि गर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझाउने क्रममा पत्रकार महासंघ, कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले जनप्रतिनिधिकै पत्रकारहरूलाई धम्की दिएर अगाडि राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता जगतको मनोबल गिराउन खोजिएको भन्दै आपत्ति जनाए ।

यस्तै, पत्रकार महासंघ, मोरङका सचिव नेत्र पी अधिकारीले यो घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न आग्रह गर्दै पत्रकारहरूको सुरक्षाका प्रशासनको विशेष भूमिका हुने स्मरण गराए ।

ज्ञापनपत्र बुझ्दै मोरङका प्रजिअ कट्टेलले ग्रामथान अध्यक्ष माझीलाई बोलाएर यस विषयमा सोधपुछ गर्ने आश्वासन दिए । प्राकृतिक स्रोत-साधनको दुरुपयोग भएको विषयमा पत्रकारहरूले आवाज उठाएर प्रशासनलाई सघाएको भन्दै प्रशंसा गरेका सिडिओ कट्टेलले खोला खोस्रिएको विषयमा गठित छानबिन समितिले छानबिन गरिरहेको बताए ।

मंगलबार मध्याह्नतिर समाचार संकलनका लागि ग्रामथान-४ स्थित लोहन्द्रा खोला पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलाई ग्रामथान अध्यक्ष नमोनारायण माझीद्वारा परिचालित नौ जनाको समूहले हप्कीदप्की गर्दै ज्यानको धम्की दिएको थियो ।

पत्रकार महासंघ मोरङका कार्यसमिति सदस्य डुमरलाल मेहताका अनुसार अध्यक्ष माझी आफैँको सामुन्नेमा पत्रकारहरूलाई हातपात गर्ने प्रयास हुँदा पनि सहजीकरण गर्नुको साटो उनले झनै उग्र अभिव्यक्ति दिएका थिए ।

पत्रकारमाथि हात हाल्न उक्साउने खालको उनको अभिव्यक्तिबारे पत्रकारले सोध्दा उल्टै आगामी दिनमा ग्रामथान नटेक्न चेतावनी दिएको रिपोर्टिङमा पुगेका महासंघ सदस्य मोहन ढकालले जानकारी दिए । मेयरले त्यसरी धम्की दिँदा आफूहरूको मनोबल पनि गिरेको बताउँदै उनले यस विषयमा छानबिनको माग गर्दै सुरक्षित रूपमा रिपोर्टिङमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
३ दिनअघि

भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान

आईतबार २३ कार्तिक, २०८३
४ दिनअघि
अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो
मङ्गलबार २५ कार्तिक, २०८३
चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर
मङ्गलबार २५ कार्तिक, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी
सोमबार २४ कार्तिक, २०८३
चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ
सोमबार २४ कार्तिक, २०८३
ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा
सोमबार २४ कार्तिक, २०८३
गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा
सोमबार २४ कार्तिक, २०८३
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०