म्याग्दीखोलामा ६५ मेगावाट जलविद्युत् आयोजना सुरु, २०८४ भित्र उत्पादन लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ ब‌ैशाख, २०८३
५ महिनाअघि

म्याग्दी– धवलागिरि गाउँपालिका–४ बगर क्षेत्रमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।

हाइड्रो भिलेज प्रालिको प्रवर्द्धनमा निर्माण भइरहेको यस आयोजनाले पहुँचमार्ग, सुरुङ, विद्युत्गृह र प्रसारण लाइन निर्माणका काम एकसाथ अघि बढाएको छ। आयोजनाले बगरदेखि बाँधस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग तयार गरिसकेको जनाएको छ।

आयोजना प्रमुख उत्तम पौडेलका अनुसार हाल ‘टेलरेस’ सुरुङ निर्माण सुरु भइसकेको छ भने विद्युत्गृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी भइरहेको छ। यस आयोजनामा नदीबाट ल्याइएको पानी सुरुङ र पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसालेर विद्युत उत्पादन गरिनेछ।

‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा विभिन्न लम्बाइका सुरुङ, पाइपलाइन र तीन युनिटका टर्वाइन रहनेछन्। सुक्खायाम र बर्खायाममा फरक–फरक क्षमतामा विद्युत उत्पादन हुने जनाइएको छ।

उत्पादित विद्युत डाँडाखेत सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यसका लागि १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया पनि अघि बढाइएको छ।

करिब १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजना २०८४ साल चैतभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। साथै, मुख्य सुरुङ निर्माणका लागि आवश्यक सुरक्षा व्यवस्थापन गर्न नेपाली सेनाको क्याम्प राख्ने तयारीसमेत गरिएको छ।

प्रकाशित समय: सोमबार १४ ब‌ैशाख, २०८३, १०:३३:५८
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०