उपत्यकामा सुकुम्बासी अपेक्षाभन्दा कम, ५४७ परिवार मात्र सम्पर्कमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं– काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती खाली गराउने क्रममा वास्तविक सुकुम्बासीको संख्या अपेक्षाभन्दा निकै कम देखिएको सरकारी अधिकारीहरूले बताएका छन्।काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार आइतबार साँझसम्म जम्मा ५४७ सुकुम्बासी परिवार मात्र सरकारको सम्पर्कमा आएका छन्। यसअघि गरिएको अनुमानभन्दा यो संख्या उल्लेखनीय रूपमा कम हो।

प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बस्ती खाली गर्नुअघि गरिएको अनुमान र वास्तविक तथ्यांकबीच ठूलो अन्तर देखिएको बताइन्। उनका अनुसार थापाथली, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती हटाउने क्रममा वास्तविक सुकुम्बासी अपेक्षाभन्दा निकै कम भेटिएका हुन्।

Advertisement

यसअघि २०६८ सालमा गरिएको अध्ययनले उपत्यकामा ३ हजार ४९६ सुकुम्बासी परिवार रहेको देखाएको थियो भने पछिल्लो अनुमानले यो संख्या करिब ६ हजार पुग्ने आँकलन गरिएको थियो। तर हालको तथ्यांकले त्यो अनुमानलाई चुनौती दिएको छ।

सरकारले बस्ती खाली गराएपछि सम्पर्कमा आएका सुकुम्बासीहरूलाई अस्थायी रूपमा कीर्तिपुरस्थित सत्सङ भवन र बालाजुका विभिन्न स्थानमा राखिएको छ। उनीहरूका लागि निःशुल्क भोजन तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

अब सरकारले १५ दिनभित्र ती परिवारको वास्तविकता पहिचान गर्ने योजना बनाएको छ। वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई इचंगुनारायणक्षेत्रमा निर्माण गरिएका अपार्टमेन्टमा राख्ने तयारी गरिएको छ। त्यहाँ तीन कोठा, शौचालय र अन्य आधारभूत सुविधा सहितका भवन तयार अवस्थामा रहेका छन्।

सरकारले दीर्घकालीन रूपमा वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्ने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०