झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ ब‌ैशाख, २०८३
४ महिनाअघि

झापा – लागूऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेशन’ क्रममा झापामा दुई दिनमै १२८ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाले दमकसहित जिल्लाका विभिन्न स्थानमा विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरेको हो।

सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार शुक्रबार ६२ जना र बिहीबार ६६ जना गरी कुल १२८ जना नियन्त्रणमा लिइएका हुन्। पक्राउ परेकामध्ये लागूऔषधसहित फेला परेका १२ जनामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान भइरहेको छ भने बाँकी ११६ जनामाथि दुर्व्यसनसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।

अभियानकै क्रममा महेन्द्र राजमार्गअन्तर्गत दमकमा यात्रुवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण र यान्त्रिक जाँच पनि गरिएको थियो। जाँचका क्रममा ३ जना चालक र २ जना सहचालकले लागूऔषध सेवन गरी सवारी चलाइरहेको पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, मदिरा सेवन गरी सवारी चलाएको पुष्टि भएका दुई जना चालकलाई समेत नियन्त्रणमा लिइएको छ।

यसै क्रममा नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा पाँच जनाविरुद्ध सार्वजनिक स्थलमा अभद्र व्यवहारको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित समय: शनिवार १२ ब‌ैशाख, २०८३, १६:३०:२७
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०