वीरगञ्ज – चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत वर्षको सोही अवधिमा ५७ अर्ब ५३ करोड राजस्व उठेकोमा यस वर्ष वृद्धि भएको हो।
उक्त अवधिमा वीरगञ्ज नाकाबाट करिब १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात गरिएको छ। यसमा डिजेल, पेट्रोल र एलपी ग्यास लगायत पाँच प्रकारका इन्धन समावेश छन्।
तथ्यांकअनुसार ८ लाख ८ हजारभन्दा बढी किलोलिटर डिजेल, ३ लाख ५९ हजार किलोलिटर पेट्रोल र २२ करोड किलोभन्दा बढी एलपी ग्यास आयात गरिएको छ।
राजस्वमा भएको यो वृद्धि पेट्रोलियम आयातको परिमाण र कारोबार बढ्नुका कारण भएको बताइएको छ।