काठमाडौं – संसद् अधिवेशन बोलाएको भोलिपल्टै पुनः स्थगित गरिएको छ।रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यसअघि आगामी वैशाख १७ गते दिउँसो २ बजे संघीय संसद्को बैठक आह्वान गरेका थिए।
तर बिहीबार मन्त्रिपरिषद्को अर्को सिफारिसअनुसार विशेष कारण देखाउँदै उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
संविधानको धारा ९३(१) अनुसार संसद् अधिवेशन आह्वान र स्थगन गर्ने अधिकार राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिसमा हुने व्यवस्था छ।