काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दैछ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
बैठकमा विभिन्न राजनीतिक दलहरूले दिएका लिखित धारणा तथा पहिचान भएका संविधान संशोधनका मुद्दाहरूमा छलफल हुने बताइएको छ। साथै, कार्यदलको आगामी कार्ययोजना सम्बन्धी विषयमा पनि विचार विमर्श गरिनेछ।
यसअघि कार्यदलको पहिलो बैठक चैत २५ गते बसेको थियो। कार्यदलमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी रहेका छन्, जसमा मोहन आचार्य, भीष्मनाथ अधिकारी, देवप्रसाद गुरुङ, ज्ञानेन्द्र शाही र मनोज भट्ट लगायत सदस्य रहेका छन्।