झापा, मोरङ, सुनसरी र उदयपुर – लागू औषध ब्राउन सुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी अन्तर्गत विभिन्न इकाइहरूले बैशाख ९ गते छुट्टाछुट्टै स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
झापाको अर्जुनधारा–११ बाट ३ जनालाई करिब २७ ग्रामभन्दा बढी ब्राउन सुगर र मोटरसाइकलसहित पक्राउ गरिएको छ। त्यस्तै, सुनसरीका विभिन्न स्थानबाट २ जना, मोरङको विराटनगर–१६ बाट १ जना र उदयपुरबाट २ जनालाई सानो परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूबाट विभिन्न परिमाणमा लागू औषध बरामद गरिएको छ भने उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।