पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० ब‌ैशाख, २०८३
२ घण्टाअघि

पोखरा – पोखराका विभिन्न क्षेत्रमा बुधबार राति प्रहरीले ठूलो मात्रामा ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको नेतृत्वमा काहुँडाँडा, लेकसाइड, रामबजार, लेखनाथलगायत क्षेत्रमा रातभर विशेष अभियान चलाइएको थियो। राति ९ बजेदेखि बिहान ५ बजेसम्म करिब १०० जना प्रहरी परिचालन गरिएको थियो।
प्रहरी प्रमुख नवीन कार्कीका अनुसार टोले गुण्डागर्दी, लागुऔषध कारोबार तथा प्रयोग, र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न यो अपरेसन गरिएको हो।
यस क्रममा एकै रात १२२ जना पक्राउ परेका छन्। केहीलाई सोधपुछपछि छोडिएको प्रहरीले जनाएको छ भने अन्यको पृष्ठभूमि र गतिविधिबारे अनुसन्धान भइरहेको छ।
नयाँ वर्ष २०८३ सुरु भएयता यति ठूलो संख्यामा गरिएको पक्राउ पहिलो पटक हो। प्रहरीले पोखरामा लागुऔषध र गुण्डागर्दीका घटना बढ्दै गएपछि यस्तो कडाइ गरेको जनाएको छ।

प्रकाशित समय: बिहिबार १० ब‌ैशाख, २०८३, ०९:५९:३०
आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
बिहिबार १० ब‌ैशाख, २०८३
छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०