नेपालको उत्कृष्ट बलिङ, युएईविरुद्ध १२९ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ ब‌ैशाख, २०८३
१ महिनाअघि
Pic : CAN

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा जारी दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै युएई लाई मध्यम स्कोरमा रोक्न सफल भएको छ।

सन्दीप लामिछानेहेमन्त धामीको उत्कृष्ट प्रदर्शनका कारण युएई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनमा सीमित भयो। अब नेपालले जितका लागि १२९ रनको लक्ष्य पछ्याउनेछ।

नेपालका लागि सन्दीपले घातक र किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र ६ रन खर्चेर ३ विकेट लिए। यस्तै, हेमन्तले ४ ओभरमा २० रन दिएर २ विकेट लिए र विपक्षी कप्तान मोहम्मद वसिम लाई शून्यमै आउट गर्दै सुरुवातमै दबाब सिर्जना गरे। त्यस्तै, नन्दन यादव र शाहब आलमले पनि १–१ विकेट लिए।

एक समय ४८ रनमै ६ विकेट गुमाएर संकटमा परेको युएईका लागि अक्षदीप नाथमोहम्मद अरफान ले उत्कृष्ट पुनरागमन गराए। अक्षदीपले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए भने अरफानले ३२ रन जोडे। अदीब उस्मानीले ३० रन बनाए।

यी तीन खेलाडीबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो खेलमा पराजित भएको नेपालका लागि सिरिज जोगाउन यो खेल जित्नै पर्ने दबाब रहेको छ। केही बेरमै नेपालले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।

प्रकाशित समय: मङ्गलबार ८ ब‌ैशाख, २०८३, १८:५७:०२

सम्बन्धित खबर

सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम

सोमबार १८ जेठ, २०८३
७ घण्टाअघि

दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते

सोमबार १८ जेठ, २०८३
८ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग

सोमबार १८ जेठ, २०८३
१० घण्टाअघि

प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने

सोमबार १८ जेठ, २०८३
११ घण्टाअघि

रवि लामिछाने भारत प्रस्थान

सोमबार १८ जेठ, २०८३
११ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब

सोमबार १८ जेठ, २०८३
१२ घण्टाअघि
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०