बालेन्द्र शाह समक्ष उपकुलपतिहरूको गुनासो : विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण भएन 

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं । विश्वविद्यालयका उपकुलपतिहरूले दलीय भ्रातृ विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण प्रभावित भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष गुनासो गरेका छन्।सोमबार भएको छलफलमा ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूले विश्वविद्यालय परिसरभित्र बढ्दो राजनीतिक हस्तक्षेपका कारण प्रशासनिक तथा शैक्षिक मर्यादा कायम गर्न कठिन भएको बताएका हुन्। उनीहरूले विद्यार्थी संगठनका नेता–कार्यकर्ताको दबाब र अराजक शैलीले दैनिक कामकाजमा समेत असर परेको उल्लेख गरे।

उपकुलपतिहरूको गुनासो सुनेपछि प्रधानमन्त्री शाहले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त बनाउने प्रतिबद्धता जनाएका छन्। उनले विश्वविद्यालयका कोठा, भवन तथा जमिन ओगटेर बसेका दलगत भ्रातृ संगठनका कार्यालयहरू आवश्यक परे सुरक्षाकर्मी परिचालन गरेर हटाउन निर्देशन दिएका छन्।

Advertisement

त्यसैगरी, उनले विश्वविद्यालयको साख जोगाउन र विद्यार्थीको भविष्यप्रति संवेदनशील हुन उपकुलपतिहरूलाई आग्रह गरेका छन्। स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न र त्रिभुवन विश्वविद्यालय बाट अन्य विश्वविद्यालयले लिनुपर्ने समकक्षताको जटिल प्रक्रिया तत्काल अन्त्य गर्न पनि निर्देशन दिएका छन्।

विश्वविद्यालयलाई प्राज्ञिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०