विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयको ज्ञवालीद्वारा कडा आलोचना

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व पररास्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको कडा विरोध गरेका छन्।सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदमलाई चरम अलोकतान्त्रिकको संज्ञा दिएका हुन्।

विश्वविद्यालयभित्र ‘सुरक्षा युनिट’ स्थापना गर्ने तयारीप्रति आपत्ति जनाउँदै उनले यसलाई प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेप बताएका छन्। पञ्चायती निरंकुशतामा समेत यस्तो निर्णय हुन नसकेको उल्लेख गर्दै उनले उपकुलपतिहरूले यस्तो निर्णयमा हस्ताक्षर गर्नु आश्चर्यजनक भएको बताएका छन्।

Advertisement

‘संवाद र रूपान्तरण आवश्यक, निषेध होइन’ भन्ने धारणा राख्दै ज्ञवालीले विद्यार्थी आन्दोलनमा केही कमजोरी रहेको स्वीकार गरेका छन्। उनका अनुसार विद्यार्थी आन्दोलनले आम विद्यार्थीको हित, शैक्षिक गुणस्तर अभिवृद्धि र स्वस्थ वातावरण निर्माणमा ‘प्रेरक’ (क्याटालिस्ट) को भूमिका खेल्नुपर्ने भए पनि कहिलेकाहीँ मूल मुद्दाबाट विचलित भएको देखिन्छ।

तर, कमजोरीकै आधारमा विद्यार्थी संगठनलाई निषेध गर्नु समाधान नभएको उनले प्रस्ट पारे। “समाधान त संवाद, रचनात्मक सहकार्य र विद्यार्थी आन्दोलनको रूपान्तरणमा छ,” उनले उल्लेख गरेका छन्।

सरकारको कदमप्रति उनले व्यंग्यात्मक प्रश्न गर्दै भनेका छन्, “के कपालमा चायाँ परेको भन्दै गर्धन नै छिनाउनु उचित हुन्छ ?”

ज्ञवालीले विद्यार्थी संगठनको अस्तित्व नै मेट्ने प्रयास नगरी सुधार र सहकार्यमार्फत शैक्षिक प्रणाली सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०