एक अर्ब ४८ करोडको निर्यात गर्दै म्याजिक फुटवेयर बन्यो नेपालकै नम्बर १ फुटवेयर कम्पनी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
५ महिनाअघि

विराटनगर । म्याजिक फुटवेयरले नेपाली जुत्ता उद्योगमा नयाँ उचाइ हासिल गरेको छ । पछिल्लो एक आर्थिक वर्षमा एक अर्ब ४८ करोडको निर्यात गर्दै म्याजिक फुटवेयर नेपालकै नम्बर १ फुटवेयर कम्पनीका रूपमा पुरस्कृत भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा एक सय ४८ करोड रुपैयाँ बराबरको जुत्ता निर्यात गर्दै देशकै नम्बर एक फुटवेयर निर्यातकको सम्मान आर्जन गरेको हो । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को छैंटौं वार्षिक साधारण सभाको अवसर पारेर केही दिनअगाडि काठमाडौंको लाजिम्पाटस्थित होटल दूषित प्रिन्सेसमा एक विशेष समारोहबीच म्याजिक फुटवेयर सम्मानित भएको हो ।

समारोहमा प्रमुख अतिथिसमेत रहेका प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले म्याजिक फुटवेयरका निर्देशक राजेशकुमार अगवाललाई सम्मानपत्र प्रदान गरेका थिए ।

पछिल्ला दुई–तीन वर्षदेखि निर्यात विस्तारमा निरन्तर लागिपरेको म्याजिकका निर्देशक अग्रवालले यस उपलब्धिको कदर गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ मा दुई अर्ब रुपैयाँभन्दा बढी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य तय गरिएको बताए । “हामीले निर्यात विस्तारमा ठूलो सम्भावना देखेका छौं,” उनले बताए ।

रोजगारीको दृष्टिकोणले पनि यो क्षेत्र उत्साहजनक छ । म्याजिक फुटवेयरले मात्रै हाल करिब १ हजार ७ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ, जुन देशको औद्योगिक विकासका लागि सकारात्मक संकेत हो ।

जुत्ता–चप्पल उद्योगलाई रोजगारमुखी क्षेत्रका रूपमा पनि लिइन्छ । यद्यपि, उद्योगले केही चुनौती पनि सामना गरिरहेको छ। कम मुनाफाका बाबजुद ४–५ प्रतिशत निर्यात अनुदानको आशामा गरिएको लगानीमा सरकारले अनुदान अचानक बन्द गरिएको छ, जसका कारण उद्योगीहरू केही निराश भएका छन् ।

अग्रवाल भन्छन्, ‘मुनाफा न्युन भएता पनि निर्यात अनुदान ४/५ प्रतिशत कै आशमा निर्यात गर्नका लागि लगानी गरेका छौं, तर अचानक अनुदान बन्द भयो । यसले निराश तुल्याएको छ । तर पनि निर्यात वृद्धि र रोजगारी सिर्जनाले भने यो क्षेत्र अझै सम्भावनायुक्त रहेको देखाउँछ ।’

कुनै समय गोल्डस्टर सुज नेपालले एक्लै झन्डै १०० करोड रुपैयाँसम्मको निर्यात गर्दै अग्रणि भूमिका खेलेको थियो । तर भारतमा बढ्दो प्रतिस्पर्धाका कारण अहिले यसको निर्यात करिब ५० करोड रुपैयाँको हाराहारीमा सीमित भएको छ ।

यद्यपि, यसबीचमा म्याजिक फुटवेयरले एक अर्ब ४८ करोडको निर्यात गरेर नेपालको जुत्ता उद्योगमा सकारात्मक परिवर्तन देखाएको छ ।

प्रकाशित समय: सोमबार ७ ब‌ैशाख, २०८३, ०९:११:१०

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
७ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०