अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
६ महिनाअघि

विराटनगर । अब नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि (हाइलाइफ) ले मात्र चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्रान्डको प्रयोग गर्ने अधिकार पाएको छ ।

उद्योग विभागले चिउरा उत्पादनमा प्रयोग हुँदै आएको उक्त ब्राण्डसम्बन्धी विवादमा हाइलाइफको पक्षमा निर्णय सुनाएसँगै चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र प्राप्त भएको हो ।

Advertisement

विभागले हाइलाइफ र सिक्सभिल्ला प्रालिबीचको लामो समयदेखिको व्यापारिक चिन्ह विवाद टुंग्याउँदै सिक्सभिल्लाको दर्ता बदर गरेको छ । जसअनुसार अब सिक्सभिल्लाले मात्र नभएर अन्य उत्पादकले पनि उक्त शब्द प्रयोग गर्न पाउँदैनन् ।

अझ, ती शब्द प्रयोग गरेर प्याकेजिङ गरी बजारमा पठाइसकिएका त्यस्ता उत्पादनहरू समेत फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उद्योग विभागले दुवै पक्षका प्रमाण, तर्क तथा सर्वोच्च अदालत का नजिरहरूको अध्ययनपछि हाइलाइफको व्यापारिक चिन्ह पहिले नै स्थापित र उपभोक्तामाझ परिचित रहेको निष्कर्ष निकालेको जनाएको छ ।

छानबिनका क्रममा सिक्सभिल्लाले दर्ता गराएको चिन्ह हाइलाइफको लेबल, रङ्ग संयोजन, अक्षर शैली तथा प्रस्तुति सँग अत्यधिक मिल्दोजुल्दो रहेको पाइएको थियो । विभागका अनुसार यस्तो समानताले उपभोक्तामा भ्रम सिर्जना गर्ने र स्थापित ब्राण्डको साखमा असर पुर्‍याउने देखिएको छ ।

“व्यापारिक चिन्हको मुख्य आधार फरक पहिचान हो । स्थापित चिन्हसँग मिल्दोजुल्दो संरचना भएको दर्तालाई वैध मान्न सकिँदैन,” विभागको निर्णयमा उल्लेख छ ।

विभागले व्यापारिक चिन्हलाई औद्योगिक सम्पत्तिको रूपमा व्याख्या गर्दै मौलिक सिर्जनाको संरक्षण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारेको छ । साथै, उपभोक्तालाई झुक्याउने वा भ्रममा पार्ने उद्देश्यले मिल्दोजुल्दो चिन्ह प्रयोग गर्नु अस्वस्थ प्रतिस्पर्धा मानिने पनि निर्णयमा उल्लेख गरिएको छ ।

यस निर्णयलाई नेपालमा बौद्धिक सम्पत्ति अधिकार संरक्षण र स्वस्थ व्यापारिक प्रतिस्पर्धा प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०