अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
५ महिनाअघि

विराटनगर । अब नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि (हाइलाइफ) ले मात्र चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्रान्डको प्रयोग गर्ने अधिकार पाएको छ ।

उद्योग विभागले चिउरा उत्पादनमा प्रयोग हुँदै आएको उक्त ब्राण्डसम्बन्धी विवादमा हाइलाइफको पक्षमा निर्णय सुनाएसँगै चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र प्राप्त भएको हो ।

विभागले हाइलाइफ र सिक्सभिल्ला प्रालिबीचको लामो समयदेखिको व्यापारिक चिन्ह विवाद टुंग्याउँदै सिक्सभिल्लाको दर्ता बदर गरेको छ । जसअनुसार अब सिक्सभिल्लाले मात्र नभएर अन्य उत्पादकले पनि उक्त शब्द प्रयोग गर्न पाउँदैनन् ।

अझ, ती शब्द प्रयोग गरेर प्याकेजिङ गरी बजारमा पठाइसकिएका त्यस्ता उत्पादनहरू समेत फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उद्योग विभागले दुवै पक्षका प्रमाण, तर्क तथा सर्वोच्च अदालत का नजिरहरूको अध्ययनपछि हाइलाइफको व्यापारिक चिन्ह पहिले नै स्थापित र उपभोक्तामाझ परिचित रहेको निष्कर्ष निकालेको जनाएको छ ।

छानबिनका क्रममा सिक्सभिल्लाले दर्ता गराएको चिन्ह हाइलाइफको लेबल, रङ्ग संयोजन, अक्षर शैली तथा प्रस्तुति सँग अत्यधिक मिल्दोजुल्दो रहेको पाइएको थियो । विभागका अनुसार यस्तो समानताले उपभोक्तामा भ्रम सिर्जना गर्ने र स्थापित ब्राण्डको साखमा असर पुर्‍याउने देखिएको छ ।

“व्यापारिक चिन्हको मुख्य आधार फरक पहिचान हो । स्थापित चिन्हसँग मिल्दोजुल्दो संरचना भएको दर्तालाई वैध मान्न सकिँदैन,” विभागको निर्णयमा उल्लेख छ ।

विभागले व्यापारिक चिन्हलाई औद्योगिक सम्पत्तिको रूपमा व्याख्या गर्दै मौलिक सिर्जनाको संरक्षण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारेको छ । साथै, उपभोक्तालाई झुक्याउने वा भ्रममा पार्ने उद्देश्यले मिल्दोजुल्दो चिन्ह प्रयोग गर्नु अस्वस्थ प्रतिस्पर्धा मानिने पनि निर्णयमा उल्लेख गरिएको छ ।

यस निर्णयलाई नेपालमा बौद्धिक सम्पत्ति अधिकार संरक्षण र स्वस्थ व्यापारिक प्रतिस्पर्धा प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रकाशित समय: सोमबार ७ ब‌ैशाख, २०८३, ०८:२३:४३

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
७ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०