विराटनगर । नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बुधवार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
कांग्रेसले सोही दिन प्रतिनिधिसभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यस्तै, पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।