शिक्षादीपमा चौथो संस्करणको जलवायु सम्मेलन, विद्यार्थीले पस्किए समस्या र अनुसन्धानमुलक समाधानका उपाय

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ चैत, २०८२
४ महिनाअघि

‘जलवायुका लागि युवाको काम, युवा दिमाग, शक्तिशाली समाधान’ भन्ने नाराका साथ विराटनगरको शिक्षादीप कलेजले यसपटक पनि जलवायु सम्मेलनलाई निरन्तरता दिएको छ । वातावरण संरक्षणका खातिर प्रत्येक वर्ष विभिन्न नाराका साथ एक दिवसीय जलवायु सम्मेलन गर्दै आएको कलेजले आइतबार चौथो संस्करणको सम्मेलन आयोजना गरेको हो ।

दुई चरणमा भएको सम्मेलनमा कलेजको कक्षा ११ मा अध्ययनरत जीव विज्ञान संकायका ५० जना विद्यार्थीले जलवायु परिवर्तनको प्रत्यक्ष असर र अनुसन्धानमुलक समाधानका उपायहरू औंल्याएका थिए । उनीहरूले मिचाहा प्रजातिका वनस्पतिदेखि अम्ल वर्षा, तापमान वृद्धि, प्लास्टिक प्रदुषण, खाद्य सुरक्षादेखि ओजन तहको विनाशलगायतका विषयमा खोजमूलक प्रस्तुतीकरण गरेका हुन् ।

कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले उद्घाटन गरेको उक्त सम्मेलनमा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई नौ समूहमा विभाजन गरिएको थियो ।

सम्मेलनमा कलेजका विज्ञान संकायका विद्यार्थीहरूले गहिरो अनुसन्धान र खोजबाट विषयहरू छनोट गरेर प्रस्तुतीकरण गरेका थिए ।  खोज अनुसन्धानबाट वातावरण क्षेत्रका समस्या र समाधानका उपायहरूसमेत आफ्नो प्रस्तुतीकरणमा समावेश गरेर उनीहरूले वातावरण संरक्षणमा योगदान गरेको थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले आफ्ना विद्यार्थीहरूलाई वातावरणको क्षेत्रमा धेरै ठुलो चासो रहेको र त्यसका लागि खोज-अनुसन्धान समेत गरेर प्रस्तुतीकरण तयार पारेको बताए । नेपालले पनि जलवायु परिवर्तनको चपेटामा परेर धेरै वातावरणीय असन्तुलन र जोखिमहरू सहनुपरेकोले यस्तो कार्यक्रम दोहोर्‍याइँदै आइएको भनाइ प्रिन्सिपल खड्काको छ ।

यसैगरी कार्यक्रममा बोल्ने क्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले वर्तमान विश्वमा मौसम परिवर्तनको प्रतिकूल असर पारिरहेको बताउँदै विद्यार्थीहरूले वास्तवमै समस्या समाधानका उपायबारे खोज गरेको बताए ।

कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले जलवायु परिवर्तन भइरहँदा भविष्यमा आउन सक्ने वातावरणीय जोखिमबारे अहिलेदेखि नै गर्नुपर्ने कामबारे विद्यार्थीहरूले जानकारी गराएको उल्लेख गरे ।

वातावरण मन्त्रालयकै सचिव डा. ईन्द्रप्रसाद सापकोटाले विद्यार्थीहरूको प्रस्तुतीकरणले वातावरण प्रदूषणका विश्वव्यापी खास मुद्दाहरूको चर्चा र त्यसका समाधानका बाटोबारे खुलासा गरेको बताए ।

शिक्षादीप कलेजले पछिल्लो चार वर्षदेखि जलवायु सम्मेलन आयोजना गर्दै आइरहेको र यसलाई भावि दिनमा पनि निरन्तरता दिँदै लगिने सम्मेलनका कन्भेनर रामचन्द्र अधिकारीले जानकारी दिए ।

प्राडा शिवकुमार राई मुख्य मूल्यांकनकर्ता रहेको सम्मेलनमा कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, सह प्रा. शैलेन्द्र शिवाकोटी, विज्ञान संकायका कोअर्डिनेटर नवीनकुमार राय, व्यवस्थापन संकायका कोअर्डिनेटर शंकर भट्टराई, कन्भेनर डा. ललित नारायण मण्डरलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: आईतबार २९ चैत, २०८२, १७:०८:५८
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०