डा. बाबुराम भट्टराई भारत प्रस्थान, ग्वालियर र दिल्लीमा विशेष सम्बोधन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ चैत, २०८२
५ महिनाअघि
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन्। भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटी को औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी गएका हुन्।

भ्रमणमा उनीसँगै पूर्वमन्त्री एवं नेतृ हिसिला यमी पनि सहभागी भएकी छन्। डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने उक्त व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।

विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रममा भारतका उच्च पदस्थ व्यक्तित्व र विश्वप्रसिद्ध विद्वानहरूले सम्बोधन गर्दै आएका छन्। ग्वालियर बसाइँका क्रममा भट्टराईले विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूसँग समसामयिक विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ।

ग्वालियरको कार्यक्रम सकेपछि उनी नयाँ दिल्ली प्रस्थान गर्नेछन्। वैशाख २ गते साउथ एसियन युनिभर्सिटी द्वारा आयोजित कार्यक्रममा उनले मुख्य सम्बोधन गर्नेछन्। दुवै कार्यक्रम सम्पन्न गरी भट्टराई वैशाख २ गते साँझ नेपाल फर्किने कार्यतालिका रहेको छ।

प्रकाशित समय: आईतबार २९ चैत, २०८२, ११:१३:१९
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०