विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको बताए ।उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ ।
उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।