गृहमन्त्री गुरुङले स्वीस राजदूतसँग उठाए कालो धन फिर्ताको मुद्दा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ चैत, २०८२
५ महिनाअघि
काठमाडौं ।गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत डेनियल मैवली बीच शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेटमा गृहमन्त्री गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी माध्यमबाट आर्जन गरेको रकम भए त्यसको खोजी तथा फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका छन्।

गुरुङले अवैध रूपमा कमाइएको रकम स्वीस बैंकमा जम्मा भएको भए त्यसबारे अनुसन्धान गर्न दुई देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता रकम पुष्टि भए नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउने व्यवस्था मिलाइदिन अनुरोध गरे।

भेटका क्रममा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई पदभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। साथै, उनले नेपाल र स्विट्जरल्याण्डबीच आप्रवासन सम्बन्धी विषयमा सहकार्य बढाउने प्रस्ताव पनि राखिन्। यसमा गृहमन्त्री गुरुङले उक्त विषय हाल छलफलमै रहेको जानकारी गराएका छन्।

त्यसैगरी, राजदूतले नेपालमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्। विशेषगरी पूर्व चेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने उनको भनाइ रहेको छ।

प्रकाशित समय: बुधबार २५ चैत, २०८२, १९:१६:५७
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०