सर्वोपरि बज्रपातमा परेका देउवा दम्पत्ति आफैं आउलान् कि प्रहरीले समाउला ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ चैत, २०८२
६ महिनाअघि

पाँच पटक नेपालको प्रधानमन्त्री र लामो समय कांग्रेस सभापति बनिसकेका शेहबहादुर देउवा निकट भविष्यमा प्रहरीको हिरासतमा हुनेछन् । वर्तमान रास्वपा नेतृत्वको सरकारले देउवा दम्पत्तिलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि समात्न अनुमति लिइसकेको छ । उपचारका लागि भन्दै हाल हङकङमा रहेका शेरबहादुर र उनकी पत्नी डा. आरजु देउवालाई पक्राउ गर्नका गृह मन्त्रालयले इन्टरपोलमार्फत् नोटिस जारी गर्ने थालेको छ ।

तथापि, नेपालका नामी नेता देउवा र उनकी पत्नी आफैं स्वदेश फर्किन सक्नेछन् । यदि, उनीहरू स्वदेश नफर्कने मनसायका साथ प्रहरीको सम्पर्कमा नआएमा नेपाल प्रहरी कुटनीतिक पहल गर्ने वा रेड नोटिसको आधारमा पक्राउ गरी नेपाल ल्याउन सक्छ । उनीहरू पक्राउ परेमा पटकपटक प्रधानमन्त्री बनेका देउवा र पति देशकै कार्यकारी हुँदा प्रथम महिलाका रूपमा राज्य शक्ति चलाउने सामर्थ्य राख्ने आरजु पनि प्रहरीको खोरमा हुनेछिन् ।

Advertisement

शाही शासनकालका केही सीमित अवधिमा बाहेक प्रजातन्त्र पुनर्स्थापनापछि निरन्तर सार्वजनिक पदमा छन्, देउवा । कहिले एक्लै त कहिले गठबन्धनको सहयोगमा पटकपटक सत्तामा पुगेका देउवा आफ्नी पत्नी आरजुले देखाएको बाटोमा चल्थिन् पनि भनिन्छ । आरजु २०७० को दशकपछि कांग्रेसको राजनीतिमा प्रत्यक्ष प्रवेश गरेकी थिइन्, पतिको सहायता लिएर उनी दुईपटक संसदमा पुगिन् भने एकपटक परराष्ट्रमन्त्री भइन् ।

२०८० सालमा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएपछि त्यसबेलाको चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा समात्न खोज्दा आरजुले रातारात प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्तामा केपी शर्मा ओलीलाई पुर्‍याइन् । कांग्रेस-एमालेले सत्ता साझेदारी गरेपछि आरजुलाई समात्न खोज्ने रविले उल्टै जेल जानु परेको थियो । देउवा भने छैंटौ पटक प्रधानमन्त्री बन्न पालो कुरेर बसेका थिए ।

तर, ६ पटक प्रधानमन्त्री बन्ने उनको सपना गत भदौमा भएको जेनजी आन्दोलनले तुहाइदियो । भदौयता भने देउवा परिवारमा पटकपटक बज्रपात परिरह्यो । जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथि मुक्का बज्रिएन घर पनि जल्यो । घरसँगै उनीहरूले थुपारेको पैसा पनि खरानी भयो । यता छोरा जयवीरले चलाउँदै आएको हिल्टन होटल पनि जेनजी आन्दोलनमा जलेर सखाप भयो । अझ, विशेष अधिवेशनका नाममा कांग्रेस सभापतिको पद पनि खोसियो । त्यसपछि चुनावको मुखैमा उनीहरू उपचार गराउने बाहनामा विदेश गएर बस्नुपर्ने बाध्यता आइपर्‍यो ।

र, अहिले उनीहरूमाथि प्रहरी हिरासतसम्म पुग्नुपर्ने दिन पनि आइपुग्न लागेको छ । चुनावपछि बनेको रास्वपाको शक्तिशाली सरकारले पूर्वप्रधानमन्त्री देउवा, पूर्वपरराष्ट्रमन्त्री आरजु र उनीहरूको परिवारबाट अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत् देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूको चलअचल सम्पत्ति छानबिनका क्रममा अस्वाभाविक आर्जन भेटिएको ठहर विभागको छ ।

पछिल्लो एकाध वर्षको अवधिमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीरले काठमाडौं उपत्यका र बाहिरसमेत जोडेको करिब ७३ रोपनी जग्गाको सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको छ । लहरो तान्दा पहरो भेटियो भनेझैं यही विषय केलाउँदै जाँदा अरू शंकास्पद कारोबारहरू भेटिएको छ ।

यसअघि नै राजनीतिबाहेक अरू पेशामा नभएका देउवा दम्पतीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जनौं उजुरी थिए । तर, सत्ताको पेरिफेरिमा रहेका उनीहरूमाथि अहिलेसम्म अनुसन्धान हुन सकेको थिएन । हाल नयाँ सरकारले पुरानो फाइल टकटक्याएर जयवीरले किनेको जग्गा, देउवा दम्पतीको घरजग्गा र बैंकखातामाथि अनुसन्धान गरिरहेको छ ।बूढानीलकण्ठको जग्गा र त्यहाँ बनेको घरमाथि समेत अनुसन्धान गर्ने विभागको तयारी छ । त्यहाँको जग्गा भने डा. आरजुको माइतीले किनेर देउवा परिवारलाई दिएको भनी उनीहरूको दाबी छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०