विराटनगर । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ ।मंगलबार २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी तोलामा ८ सय ९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ४ हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियाे ।