संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक आज

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ चैत, २०८२
६ महिनाअघि
काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसलाई अघि बढाउन गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दैछ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको उक्त कार्यदलको बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने तय भएको छ।

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठन गरिएको यस कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरकारी कानुनी विज्ञहरूलाई समेटिएको छ। संविधान संशोधनजस्तो संवेदनशील विषयमा व्यापक सहमति जुटाउन बहसपत्र तयार गर्ने उद्देश्यले कार्यदल गठन गरिएको हो।

कार्यदलका सदस्यहरू

Advertisement

कार्यदलमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य
नेकपा (एमाले) का तर्फबाट डा. भीष्मनाथ अधिकारी
नेकपा का तर्फबाट पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता ज्ञानेन्द्र शाही
राष्ट्रिय जनमोर्चा का महासचिव मनोज भट्ट
यद्यपि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत केही दलहरूले अझै आफ्ना प्रतिनिधि पठाउन बाँकी रहेको जनाइएको छ। ती दलहरूमा आन्तरिक छलफल भइरहेकाले सम्भवतः छिट्टै नाम टुंगो लाग्ने अपेक्षा गरिएको छ।

सरकारी तर्फका सदस्य

सरकारी अधिकारीका रूपमा

पुष्कर सापकोटा (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय)
इन्दिरा दाहाल (नेपाल कानुन आयोग)
सदस्य रहेका छन् भने कार्यदलको सदस्य सचिवमा लिलाधर सुवेदी नियुक्त भएका छन्।

कार्यदलको जिम्मेवारी

कार्यदललाई संविधानमा संशोधन आवश्यक भएका विषयहरू पहिचान गरी राजनीतिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने र त्यसको आधारमा बहसपत्र तयार गर्ने जिम्मेवारी दिइएको छ। संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा बहुपक्षीय सहभागिता आवश्यक हुन्छ। यस कार्यदलले विभिन्न राजनीतिक धारणा समेट्दै साझा बहसको आधार तयार गर्न सकेमा भविष्यमा हुने सम्भावित संशोधनका लागि मार्गचित्र तयार हुने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०