विराटनगर । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
दूतावासले मंगलबार जारी गरेको सूचनाअनुसार मध्यपूर्वमा जारी युद्धलाई ध्यान दिँदै इजरायलका विभिन्न स्थानमा रहेका नेपालीलाई निम्न कुरा पालना गर्न अनुरोध गरिएको हो ।
