बिचौलियामाथि धरपकड गरेको विरोधमा पर्सामा लेखापढी व्यवसायीहरूको अनिश्चितकालीन हड्ताल

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
६ महिनाअघि

वीरगञ्ज — पर्सा जिल्लामा सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै लेखापढी व्यवसायीहरूले अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्सा को आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्।

Advertisement

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादव का अनुसार पछिल्लो समय बिचौलियाको आरोप लगाउँदै गरिएका पक्राउ तथा कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन थालिएको हो। विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू थप आक्रोशित बनेका छन्।

व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भू-सेवा केन्द्र तथा लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण रूपमा कारबाही गरिएको आरोप लगाएका छन्। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित सरकार र प्रहरी प्रशासनको कदमप्रति कडा आपत्ति जनाइएको छ।

एसोसिएसनका अनुसार पर्सा जिल्लामा हाल १ सय २१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय छन्। हड्तालका कारण सेवाग्राहीहरू मात्र होइन, सरकारी कार्यालयहरूको दैनिक कामकाजसमेत प्रभावित बनेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०