विराटनगर । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारमा सोमबार बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाइएको हो।
नेपाली कांग्रेसकी सांसद् बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ।
अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन्। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन्।