विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको जिकिर गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा उनलेले संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भइरहेका बेला आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिएका हुन्।
उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए।