कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ चैत, २०८२
७ महिनाअघि

काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार)देखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ। पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले महाधिवेशनको तयारी औपचारिक रूपमा सुरु गर्न लागेको हो।

प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६–१९ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो। कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

Advertisement

कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई आज ‘ओरिएन्टेसन’ दिने कार्यक्रम राखेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो २ बजे सानेपामा उक्त कार्यक्रम आयोजना हुनेछ।

प्रतिनिधिहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन। ‘ओरिएन्टेसन’ पछि उनीहरूको नाम सार्वजनिक गरिने दुलालले जानकारी दिएका छन्। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने तयारी छ।

महाधिवेशनका लागि कांग्रेसले वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने योजना बनाएको छ। यसका लागि एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ। उक्त अभियानपछि वडाहरूले १५ जेठसम्म सदस्यता प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ भने क्षेत्र र जिल्लाले २५ जेठसम्म सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका छ।

केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरेर १५ असारसम्म अन्तिम टुंगो लगाउने र असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने योजना कांग्रेसले बनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
३ घण्टाअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
३ घण्टाअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
२ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
२ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
५ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
५ दिनअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०