काठमाडौं – कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि बलात्कारको आरोप लागेको छ।
अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार मात्रै सागर लम्साल विरुद्ध अमेरिकामै बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।