प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीचको रोचक जम्काभेट भएको छ । बैठक सकिएपछि हलभित्रै प्रधानमन्त्री बालेन र साम्पाङबीच भएको जम्काभेटमा हार्दिकता साटासाट भएको छ ।
पछिल्लो समय बालेनलाई लक्ष्य गरेर हर्कले सामाजिक सञ्जालमा गरेका टिकाटिप्पणीका कारण उनीहरूको सम्बन्ध चिसो रहेको आकलन गरिँदै आएकोमा बिहीबारको भेट भने हार्दिकतापूर्ण देखिएको हो । उनीहरूले संसदको सभाहलभित्र एकअर्कासँग हात मिलाउनुका साथै अंकमाल पनि गरेका थिए । बालेनले नै हर्कलाई अँगालो मार्न हात बढाएका थिए । त्यसपछि उनीहरू संसद हलबाट निस्केर केही बेर करिडोरमा सँगसँगै हिँडेका थिए ।