काठमाडौं – जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेत विरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको छ।
स्रोतका अनुसार, महेश बस्नेतविरुद्ध दिइएका भ्रुण हत्या, बलात्कार र चोरी–डाँका सम्बन्धी जाहेरी र त्यससम्बन्धी सक्कल फाइल उच्च अदालत पाटनमा विचाराधीन छ। अदालतले भन्यो कि “उच्च अदालतमा विचाराधीन मुद्दा र फाइलको टुंगो लागेपछि मात्र जिल्ला अदालतले पक्राउ पूर्जी जारी गर्ने निर्णय गर्न सक्छ।”
यसअघि सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेपछि उच्च अदालत पाटनमा रिट निवेदन दायर गरिएको थियो। त्यहाँको सुनुवाईको क्रममा उक्त सबै फाइल उच्च अदालतमा पठाइएको छ।
जिल्ला अदालत काठमाडौंले आदेशमा स्पष्ट पारेको छ, ‘हाल निवेदन माग बमोजिम (पक्राउ अनुमती) जारी गर्न मिल्दैन।’ यसले न्यायिक मान्यता र कानूनी प्रक्रिया विपरित आदेश दिन नहुने न्यायिक दृष्टिकोण प्रतिबिम्बित गर्दछ।