विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई कर्णाली राजमार्गको स्तरोन्नति र समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न समेत माग गरेका छन्।
प्रधानमन्त्री सँगको भेट अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान भएको उनले बताए । भेटका क्रममा उनले कर्णालीसहित जुम्लाको विकासका लागि प्रधानमन्त्रीसमक्ष ९ बुँदे मागपत्र समेत बुझाएका छन्।
